Breaking News

अन्डाको भाउ बढ्यो, प्रतिक्रेट ५ सय

Banner

चितवन, कात्तिक १०-

अन्डाको भाउ फेरि बढेको छ । उत्पादन घटेको र खपत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले आज (सोमबार)देखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।

संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए । अध्यक्ष पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो ।

उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने उनको दाबी छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>