देश/प्रदेश
म आन्दोलनमा गएँ, ढुंगा हानिनँ, आगो बालिनँः नेता कार्की

काठमाडौँ, कात्तिक ९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले जेन-जी प्रदर्शनमा आफ्नो सहभागि भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनमा आफ्नो सहभागिता स्वीकार्दै तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा उभिएको बताएका छन्।
उनले लेखेका छन्, ‘अँ, म आन्दोलनमा गएकै हो। ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो। २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन। त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो।’
उनले थपे, ‘जसले मान्छेको ज्यानभन्दा इँटाको धुलो र काठको खरानी ठूलो देख्दै छन्, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै छन्, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो। कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो।’
नेता कार्कीको स्टाटस नस्ताको त्यस्तैः
























