राजनीति
प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने
०

काठमाडौं,कात्तिक ९-
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गर्ने भएकी छन् । उनले चार जना मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छन् । जसमध्ये सुधा गौतमलाई सस्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ ।
टासी लामा र रामजी रामको नाम चर्चामा आए पनि उनीहरू मन्त्री नबन्ने स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























