Breaking News

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

Banner

चितवन, कात्तिक ७ –

नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उहाँले बताउनुभयो । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>