राजनीति

सुरक्षाको ग्यारेन्टी गरे तोकिएकै मितिमा चुनाव गर्न दलहरू सहमत

Banner

काठमाडौं, कार्तिक ४

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठक आगामी फागुन २१ गते निर्धारित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउने विषयमा सैद्धान्तिक सहमति जुटाउँदै सम्पन्न भएको छ।

यद्यपि, बैठकमा सहभागी सबै राजनीतिक दलहरूले निर्वाचनका लागि विश्वसनीय र भयरहित सुरक्षा वातावरणको प्रत्याभूति गर्न सरकारसँग माग राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब ६ घण्टा चलेको बैठकमा जेन(जी आन्दोलनपछिको राजनीतिक अवस्था, निर्वाचनको तयारी र सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो।

बैठकको अन्त्यमा प्रधानमन्त्री कार्कीले दलहरूले उठाएका सबै चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै स्थिति सामान्यीकरण गरेर चुनावमा होमिन सबैलाई आग्रह गरिन्।

बैठकमा सहभागी ११ वटै राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनमा जान आफूहरू तयार रहेको स्पष्ट पारेका थिए। तर, उनीहरूको मुख्य चासो निर्वाचन सुरक्षामा केन्द्रित थियो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठकमा सबै दलको साझा मत चुनाव हुनुपर्छ, तर त्यसका लागि सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने थियो।

बैठकमा नेकपा ९एमाले० ले वर्तमान सरकारको कार्यक्षमतामाथि आशंका व्यक्त गर्‍यो। एमालेका महासचिव शंकर पोखरेलले यो सरकारले निष्पक्ष र शान्तिपूर्ण चुनाव गराउन सक्छ कि सक्दैन भन्नेमा आफ्नो दललाई संशय रहेको धारणा राखेका थिए। यद्यपि, एमालेले चुनावको विरोध भने गरेन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>