राजनीति
विपिन हरेक नेपालीको मनमा सधैं जीवित रहनेछन्ः प्रधानमन्त्री कार्की
काठमाडौं कार्तिक ३
प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी हरेक नेपालीको मनामा सधैं जीवित रहने बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री कार्कीले भौतिक शरीर नभएपनि विपिन सधैं हरेक नेपालीको मनमा रहने बताएकी हुन् ।
विपिन फर्केर आउलान् र भब्व स्वागत गरौला भन्ने आफ्नो इच्छा रहेको भए पनि विपिनको मृत्युका खबरले मर्माहत बनाएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । विपिनको हिम्मत र साहसप्रति आफूलाई सधैं गौरव लाग्ने बताउँदै प्रधानमन्त्री कार्कीले आफू मरेर पनि बहादुर नेपालीको नाम राख्न सफल भएको बताइन् । आमा र बहिनीले विपिनलाई जिवित फर्काउन गरेको प्रयासको चर्चा गर्दै प्रधानमन्त्री कार्कीले परिवारप्रति गहिरो समवेदना प्रकट गरिन् ।
विपिनको पार्थिव शरीरलाई सोमबार नै नेपाली सेनकाको हेलिकप्टरमार्फत् उनको गृहजिल्ला कञ्चनपुर लगिएको छ । धार्मिक परम्पराअनुसार उनको कञ्चनपुरमा अन्तिम संस्कार गरिनेछ ।
























