राजनीति

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

Banner

काठमाडौं,कात्तिक ३-

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्का ‘शंकास्पद’ रूपमा विदेश पुगेका छन् । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धानमा तानिएका खड्का गत महिना नै सुटुक्क विदेश पुगेका हुन् । स्थलमार्गबाट भारतको बाटो हुँदै उनी अमेरिका पुगेको आशंका गरिएको छ । २३ भदौमा भएको जेन–जी आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा भोलिपल्ट प्रदर्शन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि खड्का पनि मन्त्रीबाट पदमुक्त भएका थिए । प्रदर्शनकारीले खड्काको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका थिए ।

त्यस क्रममा उनको निवासमा नेपाली र विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । यसैलाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ ।

जेन–जी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका खड्का विदेश पुगिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले नै उल्लेख गरेका हुन् । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं’ भनेका छन् । खड्का कुन देश गए भन्नेबारे उनले खुलाएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>