राजनीति

ओलीले भने ‘मलाई थुन्न अहिलेको सरकार प्रयासरत छ’

०
Banner

काठमाडौं, असोज ३१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफूलाई पक्राउ गरेर थुन्न लगातार प्रयासमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन सम्बोधन गर्ने क्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्नका लागि लगातार छलफलमा रहेको बताए ।

‘केपी ओलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो, कहीँकतै केही भेटिएन,’ ओलीले बैठकमा भने, ‘हिजो जेनजीहरूले मान्दै मानेनन् । केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार लगातार प्रयासमा छ ।’

जेनजीहरूले आफूहरू दलविरुद्ध नभएको बताएको भन्दै उनले भने, ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ । यसमा चिनी थपिदिनु?’ उनले पार्टीभित्रका कुराहरू बाहिर नल्याउन र पार्टीमै छलछफल गर्न पनि नेताहरूलाई आग्रह गरे । अहिले तोकिएको निर्वाचन नहुने उनको जिकिर थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>