देश/प्रदेश

प्रदेश मुख्यमन्त्री पदमा लोसपाका नेता सोनलको दाबी पेस

Banner

महेन्द्रनगर (धनुषा), असोज २९ –

मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जीतेन्द्र सोनलले दाबी पेस गर्नुभएको छ ।

मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार पाँचदलीय गठबन्धनको सहयोगमा लोसपाका नेता सोनालले आज मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार गठनको दाबी पेस गर्नुभएको हो ।

सरकार गठनका क्रममा लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०बीच सहमति जुटेको उहाँले बताउनुभयो ।

मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता सोनालको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित भएको भन्दै गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको मधेस प्रदेश लोसपा संसदीय दलका नेता जेलुन राइनले जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका केही राजनीतिक दलहरू पनि सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा आउनुभएको निमित्त सचिव यादवले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>