राजनीति

सभापतिको कार्यकारी जिम्मेवारीको अन्तिम बैठकजस्तै होः गगन थापा

Banner

काठमाडौँ, असोज २८-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारबाट पार्टी सभापतिको कार्यकारी अधिकार त्यागेको महामन्त्री गगन थापाले दाबी गरेका छन्। मंगलबार विशेष महाधिवेशनको हस्ताक्षर अभियान चलाएका गुरुराज घिमिरेसहितका नेतालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्।

‘भाद्र २३ र २४ गते एउटा अप्रत्याशित र हामी सबैको अनुमानभन्दा पनि विपरीत र दुर्भाग्यपूर्ण घटनापछाडि आज हाम्रो केन्द्रीय समितिको बैठक बसेको छ,’ महामन्त्री थापाले भने, ‘आजको बैठकबाट २३ र २४ गते शहादत प्राप्त गर्ने र घाइते हुने साथीहरूलाई सम्झेका छौँ। परिवारसँग हामी सँगै छौँ भनेका छौँ। २३ र २४ गते दुवै घटनामा दोषी देखिएकाहरूलाई कारबाहीको माग गरेका छौँ।’

यही अन्तर्गत आज पार्टी सभापति देउवाले केही महत्त्वपूर्ण निर्देशन र घोषणासहित बैठक टुङ्गिएको थापाले बताए। ‘आज पार्टी सभापति जीले आफ्नो कार्यकारी अधिकार र जिम्मेवारीलाई छाडेर बाँकी रहेका सबै जिम्मेवारी पूरा गर्नका निम्ति केन्द्रीय कार्यसमितिलाई छाडेर गएको हुनाले आज हामीले के निर्णय गर्‍यौं भने उहाँको एक प्रकारले अन्तिम केन्द्रीय कार्यसमिति भित्रको उपस्थिति भएको हुनाले त्यसलाई पनि सम्मान गरौँ,’ महामन्त्री थापाले भने। त्यस कारण केन्द्रीय कार्यसमितिका अरू कामकारबाहीलाई आज अघि नबढाउने भनेर एजेन्डामा प्रवेश नगरेको पनि उनले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>