चितवन विशेष
अखिल नेपाल जनजाति सम्मेलनको अध्यक्षमा निमबहादुर बुढामगर चयन

चितवन, असोज २७-
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलन समितिको अध्यक्षतामा निमबहादुर बुढामगर चयन हुनुभएको छ । सोमबार चितवनको नारायणगढमा समपन्न पाचौँ राष्ट्रिय महाधिवेशनले बुढामगरको नेतृत्वमा २५ सदस्य कार्यसमिति चयन गरेको हो ।
प्रथम उपाध्यक्षमा कास्कीका कुलबहादुर थापा, द्धितिय उपाध्यक्षमा दाङका रमेशमान गुरुङ, महिला उपाध्यक्षमा अर्घखाचिकी उषा पुन, महासचिवमा प्यूठानका अमरध्वज रानामगर, सचिवमा दाङका राम बहादुर जिएम, कोषाध्यक्षमा बाग्लुङका होम बहादुर पुन निर्वाचित भएका छन् ।
दुई दिनसम्म सञ्चालन भएको महाधिवेशनले सदस्यमा नरेश आलेमगर, गुमान सिंह पुन, तमबहादुर घर्तिमगर, अर्जुन थापा, नर बहादुर घर्तिमर, केशर सिंह पुन, हरिबहादुर राहदि, शेर बहादुर सुर्यवंशी, दलबहादुर घर्ति, तुलबीर श्रीस, धनवीर पुन, थम मायाँ रानालाई चयन गरेको छ ।
यस्तै वैकल्पिक सदस्यमा जित बहादुर थापा, तिलबहादुर गुरुङ, हरि आले, शुभराज गोले, विष्णु श्रीनेत र देशराज चौधरी चयन भएका छन् । यस्तै सम्मेलनले छ सदस्य सल्लाहाकार समिति चयन गरेको छ । सल्लाहारमा मिनराज राना, प्रकाश थापा, मान बहादुर सिंजापति, छविलाल सर्तुङ्गी, निर बहादुर सिङताङ, रणबहादुर चौधरी रहनुभएको छ ।
सिता पुनको अध्यक्षतमा भएको समापन समारोहमा निर्वाचित कार्यसमितिलाई नेकपा मसालका महामन्त्रि मोहन विक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुंगाना, भैरव रेग्मी लगायतले आफ्नो कार्यकालको सफलताको शुभकामना संगै बधाई दिनुभएको थियो ।






















