देश/प्रदेश
देउवालाई शशांकले भने- तत्काल कार्यबाहक सभापति तोक्नुस्
०

काठमाडौँ, असोज २५-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता डा। शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी आग्रह गरेका छन् ।
शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए हुन् ।
‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्,’ उनले भने, ‘एक जनालाई कार्यबाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । र उनले मिति तय गर्दछन् । मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























