राजनीति

विद्या भट्टराई भन्छिन्– मैले दुवै कार्यकालमा रातो पासपोर्ट बनाइनँ

Banner

काठमाडौं,असोज २३-

अहिले विघटित प्रतिनिधिसभाका सांसदहरूले धमाधम रातो पासपोर्ट फिर्ता गरिरहेको समयमा एमालेबाट विजयी पूर्वसांसद विद्या भट्टराईले भने आफूले दुवै कार्यकालमा पासपोर्ट नबनाएको बताएकी छिन् । सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेकी छिन्, ‘नमस्कार निवर्तमान प्रतिनिधिसभा सदस्य ले रातो पासपोर्ट बुझाइरहनु भएको सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । मैले रातो पासपोर्ट दुवै कार्यकालमा बनाएको थिइनँ भन्ने कुरा यहाँहरू सबैमा जानकारी गराउँछु ।’

कास्कीबाट उपनिर्वाचान र आमनिर्वाचन दुवैबाट विजयी भएकी भट्टराई सांसद हुनुअगाडि उनी प्राध्यापन गर्दै थिइन् । त्यो भन्दा अगाडि उनी विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । शिक्षक आन्दोलनताका शिक्षकका मागमा नरम भएपछि उनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएको खुलासा भएको थियो । पछि उनले राजीनामा दिएपछि रघुजी पन्त शिक्षामन्त्री बनाइएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>