राजनीति
डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा
०

काठमाडौं,असोज २३-
माइतीघरबाट दिउँसो पक्राउ परेका डा.निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ । प्रहरीले गरेको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईले बताए । भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले सुनाए ।
जेनजीमाथि धोका भएको भन्दै आज निकोलस माइतीघरमा आन्दोलन गर्न पुगेका थिए । केही समूहले आजको प्रदर्शन फिर्ता गरेको अवस्थामा माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आज ४४ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूको क्रिमिनल ट्रयाक रेकर्ड हेरेर साथै आवश्यक स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























