राजनीति

हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हट्न सक्दैनौँः शंकर

Banner

काठमाडौं, असोज २३-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर गरे ।

उनले भने, ‘सरकारबाट हामी हट्नुपर्‍यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौँ। हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ। जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>