राजनीति
कांग्रेसको पदाधिकारी बैठक बिहीबार बोलाइयो
०

काठमाडौँ, असोज २२-
नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबारका लागि बोलाइएको छ। असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको अजेन्डाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो। बैठक दिउँसो १ बजे बस्ने भनिएको छ। ललितपुरमा बस्ने भनेर बैठक डाँकिएको छ। यद्यपि स्थान भने सार्वजनिक गरिएको छैन।
पदाधिकारी बैठकको नेतृत्व कसले गर्ने भन्ने अझैँ खुलेको छैन। उपसभापति पूर्णबहादुर खड्काले बैठकको खबर सबै पदाधिकारीसम्म पु¥याएका छैनन्।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सभापति शेरबहादुर देउवामाथि बुढानिलकण्ठस्थित निवासमा सांघातिक आक्रमण गरेका थिए। त्यसयता उनी सार्वजनिक भएका छैनन्। पदाधिकारी बैठकमा उनी उपस्थित हुने÷नहुने अझैं टुंगो लागिनसकेको निकट स्रोतले बतायो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























