राजनीति

युनिफर्ममा विद्यार्थीलाई गोली हानेको मतलब छैन,उजुरी गर्नेमाथि तुरुन्त जाइ लाग्नेः सुमना

Banner

काठमाडौं,असोज २१-

नेतृ सुमना श्रेष्ठले विद्यार्थी संगठनप्रति टिप्पणी गर्दै दलीय भातृ संगठन खारेज हुनुपर्ने बताएकी छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै दलीय भातृ संगठन– चाहे त्यो विद्यार्थीको होस्, प्रशासनको, प्राध्यापकको वा शिक्षकको खारेज गर्नुपर्ने बताइन् ।

युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो– मतलब छैन विद्यार्थी संगठनलाई । तर, गोली चलाऊन आदेश दिने दलको प्रमुखमाथि उजुरी गर्‍यो तुरुन्त जाइ लाग्यो, उनले लेखेकी छन्, यसैले दलीय भातृ संगठन– चाहे त्यो विद्यार्थीको होस्, प्रशासनको, प्राध्यापकको वा शिक्षकको खारेज गर्नुपर्छ ।

उनले सम्मानित पेसालाई सम्मानित रहन दिन र विद्यार्थीलाई विद्यार्थी रहन दिन आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>