राजनीति

उद्धार तथा राहतमा जुट्न काँग्रेस महामन्त्री गगन थापाको आग्रह

Banner

काठमाडौं,असोज १८-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शनिबार फेसबुकमार्फत भनेका छन्, भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु।

साथै उनले पार्टीका सबै तहका कार्यकर्ताहरूलाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>