Breaking News
राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने
०
काठमाडौँ, असोज १६-
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु हुने भएको छ ।
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो ।
विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























