चितवन विशेष
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालन
०

चितवन, असोज ६-
मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । तुइनखोला पुल नजिकैको पहिरो पूर्णरूपमा हटाएर आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयले रोकिएका गाडीहरूलाई आफ्नो लेन अनुशासनमा रहन अनुरोध गरेको छ । कार्यालयले दिउँसो १ बजेदेखि सडक बन्द गरेर बाँकी पहिरो पन्छाउने काम गरेकोमा बेलुका साढे ५ बजे सडक सञ्चालनमा आएको हो ।
तुइनखोलामा गएको शुक्रवार पहिरो खसेर अवरुद्ध भएको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी रूपमा सञ्चालनमा आएको हो । पहिरोको जोखिमका कारण गएराति सडक बन्द गरेर बिहानदेखि खुलाएकोमा दिउँसो १ बजेदेखि बन्द गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























