चितवन विशेष

ठाकुर ढकालले गरे कुनै पनि चुनावमा नउठ्ने घोषणा

Banner

चितवन, असोज ६-
माडी नगरपालिकाका पुर्व मेयर तथा बागमती प्रदेशका सांसद ठाकुर प्रसाद ढकालले कुनै पनि संसदिय निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
आज सामाजिक संजालमा एक भिडियो सन्देश दिदै ढकाल पार्टी निर्णयला स्वीकार गर्दै युवा पुस्तालाइ अघि सार्ने गरि आफू कुनै पनि पदमा नबस्ने घोषणा गरेका हुन् । ढकालले संसदिय निर्वाचनमा मात्र नभइ नेकपा (माओवादी केन्द्र)मा पनि कुनै पदमा नबस्ने बताएका छन् । उनले भनेका छन्-`पार्टी पदाधिकारी बैठकबाट जनतामा आधारित रहेर पार्टी निर्माण गर्ने कुरा र अहिलेको वस्तुगत अवस्थाला विश्लेषण गरेर अगाडि बढ्ने कुरा जुन निर्णय भएको छ त्यो एकदमै वस्तुबादी निर्णय छ । त्यो निर्णयलाई कार्यान्वयन गर्न मैले आगामी अधिवेशन र महाधिवेशनमा कुनै पनि जिम्मेवारी नलिइकन सदस्य मात्रै रहेर पार्टीलाइ एकताबद्द बनाउन प्रतिबद्धता जाहेर गर्दछु ।´
ढकालले आउने कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भन्दै युवा पुस्तालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>