Breaking News
रातभर बन्द मुग्लिन-नारायणगढ सडकमा गाडी चल्न थाले
०

चितवन,असोज ६-
रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।
पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले अनुरोध गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























