Breaking News
बन्द भएको ४५ घन्टापछि सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक
०

चितवन, असोज ५-
तुइन खोलाको पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको छ। सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ। यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो। यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो। बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताए। सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए।
तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो। नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि यहाँ पहिरो झर्न थालेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























