Breaking News

१४ वर्षअघि युएई पुगेका चितवनका अर्जुनका छन् चार व्यवसाय, थप्दैछन् ‘साथीभाई ज्वेलरी’

Banner

चितवन, असोज ३–

चितवनका अर्जुन कँडेल सानैदेखि नयाँ–नयाँ काम गर्नुपर्छ भन्ने सोँच राखेर अघि बढ्थे । प्लस टु उत्तीर्ण गरेपछि रोजगारीको शिलशिलामा १४ वर्षअघि अर्जुन युएई पुगे । करिव १२ वर्षसम्म उनी एउटै कम्पनीमा काम गरे । काम गर्दागर्दै धेरै कुरा सिक्न पाए ।

नयाँ काम गर्ने हुटहुटी भएका कँडेल ३ वर्षअघि कम्पनीको जागिर छाडेर आफैले अरुको पसल भाडामा लिएर युएईको मुटु मानिने बरदुवईमा ‘फरफ्युम’ पसल सुरु गरे । ‘धेरै समय एउटै कम्पनीमा काम गरेपछि अब आफै केही त गरौं भन्ने लाग्यो, सुरुमा केही सहज हुने गरि सानो पसलको रुपमा ‘फरफ्युम’ पसल संचालन गरे’ अर्जुनले ती दिन सम्झिदै भने–‘सुरुमा धेरै नै दुःख गरे, यो पसल राम्रो हुँदै गएपछि थप नयाँ–नयाँ व्यवसाय गर्न हौसला मिलेपछि व्यवसाय थप्दै अघि बढे ।’

विस्तारै ‘फरफ्युम’ पसल राम्रो चल्दै गएपछि उनले नयाँ–नयाँ व्यवसायको संभावना खोज्दै ‘निर्जुन जेन्ट्स सलोन’ संचालन ल्याए । अहिले यो पसल पनि व्यवसायिक सफलता हात पारिरहेको छ । लगत्तै उनले ‘निर्जुन जेनरल ट्रेडिङ’ कपडा पसल पनि संचालनमा ल्याए । उनमा अझै नयाँ व्यवसाय गर्ने हुटहुटी बढ्दै गएपछि युएईमा रहेका नेपालीहरुलाई सहज आवागमनका लागि ‘साथीभाई ट्राभल एण्ट टुरिजम’ संचालनमा ल्याए । छोटो समयमै यो व्यवसाय पनि फस्टाउँदै गएको छ । व्यवसायिक यात्राको क्रममा उनी रोकिनेवाला छैनन् । उनी छिट्टै बरदुवईमै ‘साथीभाई ज्वेलरी’ सुन पसल संचालनमा ल्याउँदै छन् । अहिले अर्जुन यो पसलको अन्तिम तयारीमा जुटेका छन् । ‘अहिले साथीभाई ज्वेलरीको तयारी धमाधम भइरहेको छ, छिट्टै संचालनमा ल्याउने गरि काम गरिरहेको छु’–अर्जुनले भने ।

अर्जुनले एउटै ठाउँ ‘बलिउड बिल्डिङ’को पछाडीबाट एकीकृत रुपमा व्यवसाय अघि बढाएका छन् । उनले व्यवसाय गरिरहेको बरदुवई नेपालीहरुको बाहुल्यता रहेको ठाउँ पनि हो । त्यसैले नेपालीहरुलाई सहज, सर्वसुलभ र विश्वासिलो सेवा दिनका लागि नै व्यवसाय विस्तार गरिरहेको अर्जुनको भनाई छ । ‘मैले यहाँ आएर धेरै दुःख गरे, अहिले व्यवसाय सुरु गरेर केही नयाँ गरौं भनेर लागि रहेको छु’–अर्जुनले भने ।

अर्जुन अहिले यी सबै व्यवसायलाई एकीकृत रुपमा अघि बढाउँदै छन् । जसका लागि उनले ‘निर्जुन ग्रुप अफ कम्पनी’ संचालनमा ल्याएका छन् । अर्जुन व्यवसायमा मात्रै होइन । युएईमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । त्यहाँ नेपालीहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुलाई सफल बनाउन सहयोगीको रुपमा भूमिका समेत खेल्दै आएका छन् ।

अर्जुन यतिकै मात्र सिमित छैनन् । नेपाली चलचित्रलाई मध्यपूर्वमा प्रवद्र्धन गर्न पनि उत्तिकै लागि परेका छन् । ‘साथीभाई इन्टरटेनमेन्ट’ मार्फत नेपाली चलचित्रहरुलाई मध्यपूर्वमा प्रदर्शन गराउने जिम्मा अर्जुनसहितको कम्पनी ‘साथीभाई इन्टरटेनमेन्ट’ले गरिरहेको छ । नेपाली चलचित्रलाई प्रोत्साहन गर्न खोलेको यही कम्पनी मार्फत बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ पनि यही सेप्टेम्बर २९ तारिखदेखि युएईमा प्रदर्शन हुँदैछ । यस कम्पनीका ५ जना मध्ये अर्जुन पनि एक अभिन्न अंग हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>