चितवन विशेष
रातिको समयमा लुटपाटबाट जोगिन गस्ती गर्दै नौरङ्गे टोलवासी

चितवन, भदौ ३१-
जेन-जी आन्दोलनपछि लुटपाट र चोरीका घटना बढ्न थालेपछि भरतपुर महानगरपालिका-१२ मा रहेको नौरङ्गे टोलका स्थानीयहरु रातिमा गस्ती गर्न थालेका छन् ।
दुई दिनको आन्दोलनपछि परिस्थिति फेरिएको भन्दै टोलले राती गस्ती गर्ने निर्णय गरेको हो ।
देशको संवेदनशिल सुरक्षा अवस्था, सुरक्षाकर्मीको गिर्दो मनोवल र तत्काल प्रहरीबाट सहयोग प्राप्त हुने अवस्था नभएको देखिएकोले टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले भाद्र २५ गते नै टोल भेला राखी टोलवासी सबैको इच्छा बमोजिम रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएका हुन् । अध्यक्ष पन्तले सबै टोलबासीको सल्लाहमा गस्ती गर्न थालिएको बताए ।
रातको समयमा १० जना भन्दा बढी टोलवासीहरु भेला भई सामूहिक रुपमा गस्ती गर्दा एक आपसमा आत्मियता बढेको तथा टोल सुरक्षित रहेको अनुभूति भएको भन्दै यसलाई आगामि दिनमा समेत निरन्तरता दिने टोलवासीहरुले बताएका छन् ।नौरङ्गे टोलका विकास संस्थाले टोलवासीहरुको सक्रिय सहभागितामा समग्र टोलको सुरक्षा तथा हरियाली प्रवद्र्धन गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दे आएको छ । गत वर्षका दुईवटा तिहारमा आफ्नो टोलमा देउसी भैलो खेलेर संकलित रकमबाट टोलका मुख्य सडक र चोकहरुमा १६ थान सिसिटिभि राख्न सफल भएको छ ।
























