चितवन विशेष
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध
०

भरतपुर,भदौ ३१-
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित सडकखण्डमा माथिबाट सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार सडकखण्ड दुईतर्फी रुपमा नै अबरुद्ध भएको छ । यस्तै सोही सडकखण्डको नाम्सी खोलामा पहिरो खसेर सडक एकतर्फी अबरुद्ध भएको छ । अहिले दुबै ठाउँको पहिरो पन्छाउने काम भइरहेको सिंहले जानकारी दिनुभयो । अहिले सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























