Breaking News
बालुवाटार अगाडि सुदन गुरुङ समूहको नाराबाजी, आन्दोलन हाइज्याक भएको आरोप
०

काठमाडौं,भदौ ३०-
प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङ समूहका युवाले मध्यराति नाराबाजी गरेका छन् । आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । “म चाहिँ लाशमाथि हिँडिरहेको थिएँ,” गुरुङले भनेका छन्, “यहाँ क–कसलाई मन्त्री बनाउने काम भइरहेको रहेछ ।”
नाराबाजीमा सहभागी युवाहरुले आन्दोलनको नेतृत्वकर्ता आफूहरु भएको बताउँदै भनेका छन्– हाम्रो आन्दोलन हाइज्याक भयो ।” गुरुङले आफूहरुले भनेको नमाने भोलि सबैलाई बाहिर निकाल्ने सार्वजनिक चेतावनी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























