Breaking News

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

Banner

काठमाडौं,भदौ २९-

‘जेनजी’ प्रदर्शनमा क्रममा यातायात व्यवस्था विभागमा पनि आगजनी भएको छ । विभागले आइतबार (भदौ २९) एक सूचना जारी गर्दै तोडफोड, आगजनी तथा लुटपाटबाट विभागको इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुगेको जनाएको छ । जसका कारण अनिश्चितकालका लागि सवारी लाइसेन्स छपाइ बन्द भएको जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्तासम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>