देश/प्रदेश
क्षतिग्रस्त भवनबाटै कान्तिपुर टिभीले सुरु गर्यो प्रशारण
०

काठमाडौँ, भदौ २७–
जेन–जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त भवनबाटै कान्तिपुर टेलिभिजनले प्रसारण सुरू गरेको छ।
शुक्रबार अपरान्ह ४ बजेदेखि पूर्णरूपमा नजलेको एउटा स्टुडियोबाट प्रसारण सुरू गरेको टेलिभिजनका पत्रकार डिपी उपाध्यायले जानकारी दिएका छन्।
नजलेको त्यही एउटा स्टुडियोबाट प्रसारणको व्यवस्था गरिएको हो। तर ब्याकग्राउन्डमा भने आगजनीबाट जलेका संरचना तथा गाडीहरूलाई राखिएको छ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कान्तिपुर टिभीको भवनमा आगजनी गरिएको थियो।



तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























