चितवन विशेष

चितवनमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू

Banner

चितवन,भदौ २६-

जिल्ला सुरक्षा समितिले चितवनमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा र बेलुकी ८ देखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आम नागरिकको जनधनको सुरक्षा तथा जनजीवनलाई सामान्यीकरणतर्फ लैजान यो निर्णय गरिएको बताए। जिल्ला प्रशासन कार्यालयले साँझ जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने उल्लेख छ।

अत्याश्यक सेवा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक नियोग, औषधि तथा खाद्यान्न, पशुपन्छीको दाना, इन्धन, दूध, तरकारी पानी, पर्यटक बोकेका सवारी साधनलाई सञ्चालनमा अवरोध नगरिने सूचनामा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी अर्यालले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाइ कार्यालयसम्म आवातजावत गर्न पाउने बताए।

हवाइ टिकट भएका यात्रुलाई टिकट देखाएमा सुरक्षाकर्मीको समन्वयमा विमानस्थलसम्म आवतजावत गर्न दिइने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>