चितवन विशेष

कारागारबाट निस्किएका कैदीबन्दी सम्पर्कमा नआए पक्राउ गर्नेछौँः चितवन प्रशासन

Banner

चितवन,भदौे २६-

जिल्ला कारागार भरतपुरबाट निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ । हिजो बेलुका सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गरि जिल्ला कारागार भरतपुरबाट बुधबार बिहान गेट फोडेर निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन अनुरोध गरेका हुन् ।

अर्यालले जारी गरेको सूचनामा कारागार छोडेर निस्किएकै कारण कैदीबन्दीलाई फरक व्यवहार नगरिने तर, सम्पर्कमा नआए पक्राउ गरेर ल्याउने बताएका छन् । चितवन कारागारबाट ७५० जनाको संख्यामा कैदीबन्दी हिजो बन्दोबस्तीको समानसहित निस्किएका थिए । उनीहरुले प्रहरीको सुरक्षा हातहतियार समेत लगेको सुरक्षा समितिले जनाएको छ ।

सूचनामा हातहतियार समेत फिर्ता गर्न भनिएको छ । हिजो केही कैदीबन्दीलाई भारतसीमाबाट नियन्त्रणमा लिइएको थियो । यसैगरि सुरक्षा समितिले बिस्तारै निशेधाज्ञा खुकुलो बनाउँदै लैजाने पनि जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>