क्रिकेट

बीसीए अन्तरविद्यालय टी–२० क्रिकेटः फाइनल खेल अनिश्तिकालका लागि स्थगित

०
Banner

चितवन, भदौ २५–

जेनजी आन्दोलनले उत्पन्न परिस्थितिका कारण भरतपुर क्रिकेट एकेडेमीको आयोजनामा जारी ‘बीसीए जिल्लास्तरीय अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता’को फाइनल खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अहिले अवस्था जटिल बनेकाले परिस्थिति सामान्य बनेपछि फाइनल खेल खेलाइने प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठले जानकारी दिए । जेनजी आन्दोलनको पहिलो दिन दुई सेमीफाइनल खेल सम्पन्न भएपछि अर्को दिन फाइनल खेल तय गरिएको थियो । तर सोही दिन १९ जना प्रदर्शनकारी युवाहरुको निधन भएपछि प्रतियोगिताको फाइनल खेल स्थगित गरिएको हो ।

उपाधिका लागि रत्ननगरको न्यू क्यापिटल कलेज र आयोजक भरतपुर क्रिकेट एकेडेमी (बीसीए)बीच प्रतिस्पर्धा हुनेछ । सेमीफाइनलमा न्यू क्यापिटलले चितवन मावि र बीसीएले अर्बिट एकेडेमीलाई पराजित गर्दै फाइनल स्थान तय गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरका कुल १६ विद्यालयको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>