भरतपुर

सम्पदाको क्षतीले सारा नेपालीको मन रोएको छः हरिवंश आचार्य

Banner

काठमाडौँ, भदौ २५-

वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन(जी आन्दोलनमा भएको सम्पदा र सम्पतिको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन्।

उनी लेख्छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो। जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्ने गरि उखेल्दिएको छ। तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ। त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन। सारा नेपाली जनाताको सम्पत्ति हो।’

अब ती संरचनाहरूको पुर्ननिर्माण र संरक्षण गर्न जरुरी रहेको उनको धारणा छ। संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धेर्यता र सयंमित भएर अघि बढेर भोलीको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>