Breaking News

आज राति लाग्दैछ खग्रास चन्द्रग्रहणः नेपालसहित एसियाका धेरै देशबाट अवलोकन गर्न सकिने

Banner

चितवन,भदौ २२-

आज (भाद्र शुक्ल पूर्णिमा) आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ। यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहने समितिले जनाएको छ।

यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।
वैज्ञानिकहरुका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन। तर, सूर्यग्रहण भने खाली आँखाले हेर्न मिल्दैन। आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषशास्त्रीहरुले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>