देश/प्रदेश
गंगा बनिन् नेपाल आइडल विजेता, चितवनकी दर्शना सेकेन्ड रनरअप
०

काठमाडौं, भदौ १६-
गायन रियालिटी शो `नेपाल आइडल सिजन-६´ को विजेता गंगा सोनाम बनेकी छन् । आइतबार राती भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले विजेता गंगालाई ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर भइन् भने चितवन खैरहनीकी चेली दर्शना गन्धारी सेकेन्ड रनरअप भइन्। उनले ५ लाख पुरस्कार जितिन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























