Breaking News

यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

Banner

काठमाडौं,भदौ १३-

यस वर्षको दसैँमा पनि सर्वसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई यस वर्षको दसैँमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गरिदिने भएको छ ।

नोटको प्रयोग बढाउन दसैँमा नयाँ नोट बजारमा नपठाउने नीति राष्ट्र बैंकले लिएको छ । नयाँ नोट एकैपटकमा पुराना भएर राष्ट्र बैंकमा नै फिर्ता आउने भएकाले नोट छाप्न लाग्ने लागत बचाउन दसैँमा सुकिला नोट नै सटही गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

दसैँमा नयाँ नोट बजारमा पठाउँदा एक पटकमात्र प्रयोग बढ्यो । राष्ट्र बैंकले ती पैसा धुल्याउनुपर्ने बाध्यता भयो । नोट छाप्न लाग्ने लागत कम गर्न पनि सुकिला नोट नै दसैँमा साटही गर्ने निर्णय भएको छ, पौडेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>