चितवन विशेष
सहनशिला बुहारी ग्रुपको आयोजनामा भोलि बृहत खुल्ला तीज गित प्रतियोगिता,सहभागि हुन आब्हान
०

भरतपुर,भदौ ६-
सहनशिला बुहारी ग्रुपको आयोजनामा भोलि बृहत तीज गित प्रतियोगिता आयोजना गरिएको छ । भरतपुर महानगरपालिका-२२ घट्गाईस्थित अम्रेला स्ट्रिटमा आयोजना गरिएको खुल्ला तीज गित प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुँदैछ । भरतपुर महानगरपालिका वडा नम्वर २२ संरक्षक रहेको कार्यक्रममा इमेज इन्सिटिच्यूट प्रा.लि र पुस्पान्जली अस्पतालले सहकार्य गरेका छन ।
विकृति,बिसंगती हटाएर लागौं सुशासनमा,मानव सेवा हाम्रो धर्म बसौं अनुसासनमा शिर्षकमा सहभागिले गीत गाउनुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार,दोस्रो हुनेले १० हजार,तेस्रो हुनेले ७ हजार र सान्त्वना हुनेले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन । सहनशिला बुहारी ग्रुपले चितवनमा थुप्रै सामाजिक काम गर्दै आइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























