Breaking News

प्रधानमन्त्री अस्वस्थ, संसद्‍मा प्रश्नोत्तर कार्यक्रम स्थगित

Banner

काठमाडौँ, भदौ ४-

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>