Breaking News

प्रसाईंले छाडे राजसंस्था पुनःस्थापनाको एजेन्डा- ‘म राजावादी होइन, राष्ट्रवादी हुँ’

Banner

काठमाडौं, भदौ २-

राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनका ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापनाको ‘एजेन्डा’ छाडेका छन् । उनले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भाँड्ने काम राजावादी र राप्रपाले गरेको आरोप लगाए ।

सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू राजावादी नरहेको बताएका हुन् । ‘म राजसंस्था फाल्नका लागि सैनिक हिरासतमा बसेको मान्छे हुँ । म राष्ट्रवादी थिए । राजालाई भेट्दा पनि भनेको थिएँ, म राष्ट्रवादी हुँ,’ प्रसाईंले भने । उनले राप्रपाका रवीन्द्र मिश्र र धवल शमशेर राणाको पनि आलोचना गरे ।

‘म पुग्नुअगावै धवल शमशेर र रवीन्द्र मिश्र तीनकुने पुगेका थिए । घटना भएपछि हामी पाहुना थियौं भनेर उम्किन कोशिश गरे,’ उनले भने, ‘१५ गतेको आन्दोलन भड्काउने काम राजाको ट्याटु खोपेकाहरूले गरेका हुन् । आन्दोलन बिगारेको राजावादी र राप्रपाले हो ।’ राजसंस्थाबारे सोधिएको प्रश्नमा प्रसाईंले भने– ‘हाम्रो एजेन्डा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल भनेपछि बुझ्नुस् न ।’

नयाँ दल खोल्ने घोषणा समेत गरेका प्रसाईंले व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने बताए । वैदिक सनातन हिन्दू राष्ट्र, प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आफ्नो एजेन्डा भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>