देश/प्रदेश

एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन् सांसदः वर्षमान पुन

Banner

काठमाडौं, भदौ २-

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउने बताएका छन् ।

पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सत्तापक्ष बहुमतमा हुने भएका कारण सरकारका प्रस्तावहरू सजिलै संसदबाट पारित हुन्छ। प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ । यसलाई बदल्नुपर्छ ।’

उनले थपे, ‘पुरै कार्यकालभर एक शब्द नबोल्ने, कानुन निर्माणको प्रक्रियामा संलग्न नहुने, विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफलमा सहभागी नहुने र संशोधन प्रस्ताव नहाली सांसदबाट बिदा हुने सांसदहरू पनि छन्।’

संसद्लाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>