देश/प्रदेश

अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

Banner

काठमाडौँ, भदौ १-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गर्नुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>