चितवन विशेष

तुइनखोलामा ट्रकमाथि ढुंगा खस्यो, नारायणगढ-मुग्लिङ सडक एकतर्फी

Banner

भरतपुर,साउन २९-

नारायणगढ-मुग्लिङ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा एक मालवाहक ट्रक दुर्घटना भएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट केए-४३६८५६ नम्बरको ट्रकमा माथिबाट ढुंगा खसेको हो । उक्त दुर्घटनामा ट्रकका चालक घाइते भएका छन् ।

हाल नाम ठेगाना नखुलेका उनलाई थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । बिहीबार दिउँसो करिब साढे १ बजेतिर भएको उक्त घटनापछि नारायणगढ-मुग्लिङ सडक एकतर्फी बन्द भएको छ ।

घटनास्थलमै रहेको ट्रक हटाउनका लागि २ वटा क्रेन पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>