Breaking News

शुक्रबार ‘रेकर्ड ब्रेक’ गरेको सुनको भाउ आज कति ?

Banner

चितवन,साउन २५-

आज सुनको मूल्य थोरै घटेको छ। प्रतितोला दुईसय रुपैयाँ घटेर आज सुनको भाउ एक लाख ९९ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गएको शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो। आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुईहजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>