खेलकुद
चितवन राइनोजनद्धारा मुख्य प्रशिक्षक, मेन्टर र टिम डाइरेक्टर घोषणा

चितवन, साउन २४–
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजनले मुख्य प्रशिक्षक, मेन्टर र टिम डाइरेक्टर घोषणा गरेको छ । एक विज्ञप्ती जारी गर्दै चितवन राइनोजले मुख्य प्रशिक्षकमा कलाम अली, मेन्टरमा भारतका मनीष साखलकर र टिम डाइरेक्टरमा राजन शाहलाई नियुक्त गरिएको घोषणा गरेको हो ।
चितवन राइनोजको मुख्य प्रशिक्षमा नेपालका पूर्व राष्ट्रिय कलाम अलीलाई नियुक्त गरेको हो । अलीसंग नेपाल राष्ट्रिय टिम, नेपाल ‘ए’, महिला राष्ट्रिय टिम, बागमती प्रदेश र विभिन्न घरेलु फ्रेन्चाइजहरूमा एक दशकभन्दा बढीको कोचिङ अनुभव छ ।
पहिलो संस्करणमा अली चितवन राइनोजको बलिङ प्रशिक्षक रहेका थिए । बलिङ प्रशिक्षकबाट मुख्य प्रशिक्षमा बढी हुनु अलीमा समर्पण र प्रभावको प्रमाण भएको राइनोजले बताएको छ ।
यस्तै मेन्टरमा भारतका मनीष साखलकर नियुक्त भएका छन् । उनी मुम्बईका पूर्व फर्स्ट–क्लास क्रिकेटर हुन् । उनी मुम्बईको उमेरसमूह स्तरमा र हरियाणाको तर्फबाट प्रतिष्ठित रणजी ट्रफीमा प्रतिनिधित्व गरेका थिए। पारस म्हाम्ब्रे, अमोल मुझुमदार, चन्द्रकान्त पंडित, अजीत आगरकर जस्ता क्रिकेटरहरूको सुनौलो पुस्ताबाट आएका साखलकर, विशाल क्रिकेट ज्ञानको भण्डारसहित टोलीमा आएको बताएको छ ।
नेपालमा उनको योगदानले ग्रासरुट स्तरमा प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने चितवन राइनोजले विश्वास लिएको छ । उनले नेपालका विभिन्न घरेलु लिग र क्रिकेट संघहरूमा कोच तथा सल्लाहकारको रूपमा पनि योगदान दिएका छन् । उनी चितवन राइनोजको ब्याकरुम स्टाफका अमूल्य सदस्य बनेका छन्।
यस्तै टिम डाइरेक्टर शाह यसअघिको संस्करणमा पनि चितवन राइनोजमै आवद्ध थिए । उनी पहिलो संस्करणमा फर्ममेन्स एनालिष्टको भूमिका निर्वाह गरेका थिए भने यसपटक डाइरेक्टर एनालिष्ट दुवै भूमिका निर्वाह गर्नेछन् । उनले नेपाल महिला राष्ट्रिय टिम, ए’ र नेपाल पुरुष यु–१९ टिममा रहेर काम गरि सकेका छन् ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भनेका छन्–‘हाम्रो बलिङ कोच र एनालिष्टले गत वर्ष धेरै मेहनत गरे। यो फ्रेन्चाइजलाई अगाडि ल्याउनका लागि उनीहरूलाई उचित जिम्मेवारी दिनु न्यायोचित हो। चितवन राइनोजमा, हामी मेहनतलाई पुरस्कृत गर्न विश्वास गर्छौं। मेन्टर मनीष साखलकरको अनुभव, बुद्धि र विशेषज्ञताको थपसँग, हाम्रो सपोर्ट स्टाफ अझ सबल बनेको छ।’
चितवन राइनोजका चिफ अर्पेटिङ अफिसर डा.आशिष खड्काले पनि तीन जनाको नियुक्तले तीन जनाको नियुक्तले चितवन राइनोजका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले भने–‘हामी अत्यन्त खुशी छौं कि नेपाल क्रिकेट भित्र–बाहिर राम्ररी चिनिएका व्यक्तिहरूको सेवा पाएका छौं। उनीहरूले ल्याएको विशेषज्ञ ज्ञानले हाम्रो टोलीलाई दस गुणा सुधार गर्नेमा म विश्वस्त छु। म सिजन–२ को प्रतिक्षामा छु।”
























