Breaking News

अदालतमा रविको निवेदनः थुनामुक्त गरिदिनुस्, बिगो रकम तिर्न तयार छु

Banner

काठमाडौं,साउन २३-

सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिगो रकम तिर्न तयार भएका छन्। सहकारीको रकम गोरखा मिडियामा लगेर दुरुपयोग गरेको घटनामा मुछिएका लामिछाने बिगो तिर्न तयार भएका हुन्।

राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै सिङ्गो पार्टी पङ्ति नै सरकारविरुद्ध लागिरहेका छन्। सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका निलम्बित सांसद लामिछानेले रुपन्देही जिल्ला अदालतमा आफूलाई थुनामुक्त गरी पाउँ भनी निवेदन दिएका छन्।

उनले यसअघि कारागार सरुवाको निवेदन दिएका थिए। अदालतका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले केही दिन अगाडि नै आफू थुनामुक्त हुन पाउँ भनेर अदालतमा निवेदन आएको जानकारी दिए। रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरुलाई एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

त्यसमध्ये आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रुकम बैँक जमानत राखेर आफूलाई रिहा गर्न उनले माग गरेका छन् तर लामिछानेको निवेदनमा अहिलेसम्म सुनुवाइ भइसकेको छैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>