चितवन विशेष

चितवनमा ‘लोडसेडिङ’ तालिका सार्वजनिक गर्ने कार्यालय प्रमुखको सरुवा

Banner

भरतपुर,साउन २१-

केही दिनअघि ‘लोडसेडिङ’ तालिका सार्वजनिक गरेपछि रुष्ट नेपाल विद्युत् प्राधिकरणले चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ। श्रेष्ठले गत साउन १० गते लोडसेडिङकै झल्को दिने गरी विद्युत् आपूर्ति कट्टौती गर्ने सूचना जारी गरेका थिए। त्यसपछि देशमा फेरि लोडसेडिङ सुरु भएको भनी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना भएको थियो।

यसपछि अहिले चनौली वितरण प्रमुख श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो। कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड (ग) बमोजिम उनलाई वितरण तथा ग्राहक सेवा निर्देशानालयअन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ।

श्रेष्ठले लोडसेडिङ तालिका सार्वजनिक गरेपछि विद्युत् प्राधिकरणका प्रमुख शाक्य साउन १२ गते चितवन आएका थिए । तर त्यतिबला चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठ कार्यालयमा थिएनन्। त्यसपछि कार्यकारी निर्देशक शाक्यले अन्य इन्जिनियरसँग विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिएर फर्किएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>