चितवन विशेष

बिहानै नारायणी नदीमा फाल हानेका युवक वेपत्ता

Banner

भरतपुर,साउन १३-

नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन्। मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका प्रहरीले जनाएको छ। युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिए।

बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>