चितवन विशेष
नारायणगढ-मुग्लिन सडकखण्डमा दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

भरतपुर,साउन १२-
नारायणगढ–मुग्लिन सडकखण्डमा तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भिर घाइते भएका छन् । आज अपरान्ह ४ः४० बजेतिर भरतपुर महानगरपालिका– २९ चौधकिलोमा नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-११ बस्ने ३३ वर्षिय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । घाइते भरतपुर १४ का ४७ वर्षिय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक कुमालको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
























