चितवन विशेष

चितवनमा स्कारपियोसंग ठोक्किएर माईक्रो सडकमा पल्टियो, दुई जना घाइते

Banner

चितवन, साउन १२–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते भएका छन् ।

आज (सोमबार) दिउँसो ३ः१५ बजेको समयमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ८३७२ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बीएई ३४९८ नम्बरको स्कारपियो ठोक्किदा माइक्रो सडकमा पल्टिएको थियो । दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ५६ की पुनमाया गुरुङ र सोही ठाउँ बस्ने २३ की सुनिता गुरुङ रहेका छन् ।

उनीहरुको भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाले केही बेर सडक अवरुद्ध बनेको थियो । दुवै सवारी साधनका चालकहरु प्रहरी सम्पर्कमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>