चितवन विशेष

चितवन आउँदै गरेको ट्याक्सी सितापाइला सडक खण्डमा दुर्घटना

Banner

काठमाडौं, साउन १२-

काठमाडौंबाट चितवन आउँदै गरेको ट्याक्सी दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार चितवन आउँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी आज (सोमबार) बिहान धुनिवेशी नगरपालिका-५ कुमाइखोलास्थित धार्के-सितापाइला सडकमा दुर्घटना भएको हो।

धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल पल्टिएको थियो।

दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्। घाइतेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका-३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ छन्। चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>